२.१ भौगोलिक स्थान
वडा नं. १: केन्द्र (बिरुवा बजार) साविक बिरुवा अर्चले गा.वि.स. का ६ देखि ९ सम्मका वडाहरु र किचनास गा.वि.स. को २ नं. वडा समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. १ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल ५.९१ वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ५४५ र कुल जनसंख्या १८२९ (पुरुष: ६८५ र महिला: ९६४) रहेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको यस वडामा बालादेवी मन्दिर, बहाँचौर बगैचा पार्क, मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । वडा नं. २ : केन्द्र (अर्चले भञ्ज्याङ्) साविक बिरुवा अर्चले गा.वि.स. का १ देखि ५ सम्मका वडाहरु र पेल्काचौर गा.वि.स. का ३ र ९ नं. वडा समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. २ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल ११.५० वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ३६४ र कुल जनसंख्या १२९४ (पुरुष: ६२६ र महिला: ६६८) रहेको छ । क्युथेन डाँडा यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हो । वडा नं. ३ : केन्द्र (खाली) साविक राङ्भाङ् गा.वि.स. का ४ देखि ८ सम्मका वडाहरु समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. ३ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल ५.५२ वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ३६२ र कुल जनसंख्या १२८८ (पुरुष: ५८५ र महिला: ६०३) रहेको छ । राङ्भाङ् कोट कालिका मन्दिर, राङ्भाङ् रहस्यमय गुफा, बराह मन्दिर यस क्षेत्रका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । वडा नं. ४ : केन्द्र (ओरष्टे) साविक ओरष्टे गा.वि.स. का १ देखि ९ सम्मका वडाहरु समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. ४ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल १५.४९ वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ७६३ र कुल जनसंख्या २६६९ (पुरुष: १२४७ र महिला: १४२२) रहेको छ । नारायणेश्वर शिव मन्दिर (श्री १००८ चम्पा गिरीको जन्मस्थल) घण्टलेक, कल्चरल म्यूजियम, जुकेपानी बराह मन्दिर यस क्षेत्रका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । वडा नं. ५ : केन्द्र (किचनास) साविक किचनास गा.वि.स. का १,३ देखि ५ र ७ नं. वडाहरु समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. ५ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल १०.८७ वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ४४७ र कुल जनसंख्या १४९९ (पुरुष: ७११ र महिला: ७८८) रहेको छ । दह पोखरी, चमेरे गुफा, देवीथान मन्दिर यस क्षेत्रका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । वडा नं. ६ : केन्द्र (चिन्नेवास) साविक चिन्नेवास गा.वि.स. का १ देखि ६ नं. वडाहरु समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. ६ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल २३.६९ वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ५६९ र कुल जनसंख्या २०८८ (पुरुष: ९९७ र महिला: २०९१) रहेको छ । प्रसिद्ध ज्याग्दिखोला दायँबायाँको खेतियोग्य जमिनको फाँट, कालिछाँया शिव मन्दिर, राम्चे शिवालय मन्दिर यस क्षेत्रका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । वडा नं. ७ : केन्द्र (कुसुमभञ्ज्याङ्) साविक मनकामना गा.वि.स. का १,२,५ र ७ नं. वडाहरु समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. ७ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल ९.४४ वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ४५९ र कुल जनसंख्या १७२८ (पुरुष: ८१४ र महिला: ९१४) रहेको छ । प्रसिद्ध मनकामना मन्दिर, दक्षिणकालि मन्दिर, बजै सिख्री देवी मन्दिर, कुमेरदुङ् पार्क, गहते मनकामना होमस्टे, सपाउँदे होमस्टे यस क्षेत्रका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् । वडा नं. ८ : केन्द्र (ललाङ्) साविक मनकामना गा.वि.स. का २,४,६,८ र ९ नं. वडाहरु समेटेर वर्तमान बिरुवा गाउँपालिकाको वडा नं. ८ को सिमाङ्कन भएको छ । कुल क्षेत्रफल १३.३८ वर्ग कि.मी. मा फैलिएको यस वडामा जम्मा घरधुरी संख्या ४४५ र कुल जनसंख्या १६०८ (पुरुष: ७४६ र महिला: ८०६) रहेको छ । मिनाहाम गुफा, भासी पोखरी, बाजे सिख्री देवता मन्दिर, मणि शिव मन्दिर, पान्धारा यस क्षेत्रका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् ।
२.२ ऐतिहासिक पहिचान नामांकन
पौराणिक कथन अनुसार ज्याग्दी खोला र म्याङ्खोलाको दोभानमा फराकिलो फाँट रहेको र त्यस फाँटलाई बिराएर खेतियोग्य जमिन बनाईएको थियो । बिराएर बनाएको हुँदा त्यस ठाँउलाई बिरुवा भनिएको हो । सम्म परेको फाँट र खेतीयोग्य जमिन भएकोले पछि क्रमशः माथिल्लो बस्तीका मानिसहरु त्यही ठाउँमा आएर बस्ती बसाउन थाले । बस्नलाई उपयुक्त र सुविधा भएको हुँदा त्यस ठाँउमा बस्ती बिस्तार हुँदै गयो । हरेक वर्षको फागु पूर्णिमाको अवसरमा मेला लाग्ने परम्परा थालनी हुँदै गयो जसलाई "बिरुवा बजार" भनिने गरिन्छ । यही बिरुवा बजारको नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो ।
२.३ प्राकृतिक सम्पदा
मिनाहाम गुफा बिरुवा गाउँपालिका वडा नं. ८, तर्लेमा अवस्थित यस मिनाहाम गुफामा ब्राहामाईको बासस्थान रहेको, डोलेश्वर महादेव घुम्दै फिर्दै आउने क्रममा त्यस ठाउँ मन पराई उक्त स्थानमा बस्न खोजेको, ब्राहामाईले इन्कार गर्दा दुवै पक्षमा भिडन्त हुँदा ब्राहामाईले पराजय ब्यहोर्दै त्यहाँबाट भागेको त्यसपछि गुफामा डोलेश्वर महादेवले उक्त गुफामा आफ्नो बासस्थान बनाएको भन्ने किम्वदन्ती रहेको छ । हरेक वर्षको शिवरात्रीमा बृहत पुजा अर्चना गरिन्छ । यस क्षेत्रमा आई पुजा आराधाना गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको पाईन्छ । दहपोखरी दहपोखरी बिरुवा गाउँपालिका वडा नं. ५ मा अवस्थित छ । ३३०७ वर्ग मिटरमा फैलिएको यस पोखरीको पूर्वपट्टी जलहरी मुल रहेको छ । पहिले पहिले पोखरीको पूर्वमा बाराही देवीको वासस्थान रहेको, उक्त पोखरीको शिरमा (पोखरी भन्दा माथिको डाँडामा) रहेको थानापति (थानापति मन्दिर) सँग मदभेद भएपछि त्यहाँबाट भागेर शुक्लागण्डकी नगरपालिकाको ढोर भन्ने स्थानमा गई ढोर बाराही भइ बसेको भन्ने किम्वदन्ती रहेको छ । समुन्द्र सतहदेखी ९०० मिटरको उचाइमा रहेको यस पोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण र रमणीय स्थान हो ।राङ्भाङ् गुफा "राङ्भाङ्" शब्द मात्र होइन, स्थान पनि अचम्मको छ । दुबैतिर भिरालो जमिन भएको स्थानको बिचमा एउटा प्वाल छ । त्यो प्वालको गहिराइ करिव २४ मिटर रहेको छ भने गोलाई करिव १० मिटर रहेको छ । अन्वेषणका निम्ति एडभेन्चर टोलिका अनुसार भ्वाङ्मा छिरेपछि केहि तलसम्म ठाडो र त्यसपछि खण्ड खण्ड हुँदै तल पुगिन्छ र जमिनको भाग भेटिन्छ । तल जमिनमा पुगेपछि दक्षिणतिरबाट हल्का उज्यालो प्रकाश देखिन्छ । शुरुमा यो गुफाको मुखमा राङ् भन्ने ठुलो रुख थियो पछि उक्त रुख बुढो भएर मर्यो र कुहिदै जाँदा यो भ्वाङ् देखा पर्यो र यो भ्वाङ्को नाम राङ्भाङ् नामाकरण भयो ।
२.४ सांस्कृतिक उत्कृष्टता
गहते मनकामना सामुदायिक होमस्टे यस क्षेत्रकै प्रसिद्ध मनकामना देवीको मन्दिरको काखमा रहेको बिरुवा गाउँपालिका वडा नं. ७ गहतेमा मिति २०७५।०८।२६ देखि गहते मनकामना सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा गुरुङ् जातिको भाषा, भेषभूषा, संस्कृति र सामाजिक रितिरिवाजको प्रत्यक्ष अनुभव लिन सकिन्छ । मनकामना मन्दिरबाट देखिने सूर्योदय, माछापुच्छ्रे हिमालको मनमोहक दृश्यले जोकोहीलाई पनि मोहित तुल्याउँछ । आगन्तुकहरुले शुद्ध अर्गानिक, स्थानीय स्तरमै उत्पादित र स्थानीय पाककलाको स्वाद लिन पाउनेछन् । (अध्यक्ष: जौ बहादुर गुरुङ, ९८४६१७१४५२)