Admin Login

बिरुवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, स्याङ्जा, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 061620914
  • biruwaruralmun@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

बिरुवा गाउँपालिका नेपालको संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फागुन २२ गते गठन भएको हो । स्याङ्जा जिल्लाको दक्षिणपूर्वी भागमा अविरल बगिरहने पौराणिक महत्व बोकेको ज्यादीखोला र यसका सहायक खोलाहरु बाँस्तारा र म्याङ् खोला वरपरका साविकका बिरुवा अर्चले, मनकामना, ‍ओरष्टे गाउँ विकास समितिका सबै वडाहरु र साविकका पेल्काचौर (वडा नं. ३ र ९), राङ्भाङ् (वडा नं. ४ देखी ८), चिन्नेवास ( वडा नं. १ देखि ६), किचनास (वडा नं. १ देखी ५ र ७) लाई समेटेर सिंगो बिरुवा गाउँपालिका घोषणा गरिएको हो । यस गाउँपालिकाको पूर्वमा हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, पश्चिममा भीरकोट नगरपालिका र वालिङ् नगरपालिका, उत्तरमा पुतलिबजार नगरपालिका त्यसैगरी दक्षिणमा चापाकोट नगरपालिका र हरिनास गाउँपालिका रहेका छन् । मगर, गुरुङ, ब्राह्मण, क्षेत्री र दलितहरुको मुख्य बसोबास रहेको छ । ज्याग्दीखोला, म्याङ्खोला र बास्ताराखोला यस गाउँपालिकाका मुख्य खोलाहरु हुन् । यिनै नदीहरुको किनारमा बिरुवा फाँट, मालमुल फाँट, चिन्नेवास फाँट आदि जस्ता उर्भर भूमि र यहाँका प्रमुख धार्मिक पर्यटकीय स्थलहरु मनकामना मन्दिर, सिख्रीदेवता मन्दिर, बालादेवी मन्दिर, राङ्भाङ् गुफा, क्यूथेन डाँडा, भासीपोखरी, मिनाहाम गुफा, जुकेपानी बराह मन्दिर, नारायणेश्वर शिव मन्दिर रहेका छन् । यस गाउँपालिकाको वडा नं. १ (साविकको बिरुवा अर्चले गा.वि.स.) मा पर्ने बिरुवा बजार स्याङ्जा जिल्लाकै प्रसिद्ध ठाउँ मानिन्छ । पौराणिक कथन अनुसार ज्याग्दी खोला र म्याङ्खोलाको दोभानमा फराकिलो फाँट रहेको र त्यस फाँटलाई बिराएर खेतियोग्य जमिन बनाईएको थियो । बिराएर बनाएको हुँदा त्यस ठाँउलाई बिरुवा भनिएको हो । सम्म परेको फाँट र खेतीयोग्य जमिन भएकोले पछि क्रमशः माथिल्लो बस्तीका मानिसहरु त्यही ठाउँमा आएर बस्ती बसाउन थाले । बस्नलाई उपयुक्त र सुविधा भएको हुँदा त्यस ठाँउमा बस्ती बिस्तार हुँदै गयो । हरेक वर्षको फागु पूर्णिमाको अवसरमा मेला लाग्ने परम्परा थालनी हुँदै गयो जसलाई "बिरुवा बजार" भनिने गरिन्छ । यही बिरुवा बजारको नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो । बिरुवा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जाबजारबाट दक्षिण पूर्वमा पर्दछ। बिरुवा गाउँपालिका नेपालको संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फागुन २२ गते गठन भएको हो । स्याङ्जा जिल्लाको दक्षिणपूर्वी भागमा अविरल बगिरहने पौराणिक महत्व बोकेको ज्यादीखोला र यसका सहायक खोलाहरु बाँस्तारा र म्याङ् खोला वरपरका साविकका बिरुवा अर्चले, मनकामना, ‍ओरष्टे गाउँ विकास समितिका सबै वडाहरु र साविकका पेल्काचौर (वडा नं. ३ र ९), राङ्भाङ् (वडा नं. ४ देखी ८), चिन्नेवास ( वडा नं. १ देखि ६), किचनास (वडा नं. १ देखी ५ र ७) लाई समेटेर सिंगो बिरुवा गाउँपालिका घोषणा गरिएको हो । यस गाउँपालिकाको पूर्वमा हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, पश्चिममा भीरकोट नगरपालिका र वालिङ् नगरपालिका, उत्तरमा पुतलिबजार नगरपालिका त्यसैगरी दक्षिणमा चापाकोट नगरपालिका र हरिनास गाउँपालिका रहेका छन् । मगर, गुरुङ, ब्राह्मण, क्षेत्री र दलितहरुको मुख्य बसोबास रहेको छ । ज्याग्दीखोला, म्याङ्खोला र बास्ताराखोला यस गाउँपालिकाका मुख्य खोलाहरु हुन् । यिनै नदीहरुको किनारमा बिरुवा फाँट, मालमुल फाँट, चिन्नेवास फाँट आदि जस्ता उर्भर भूमि र यहाँका प्रमुख धार्मिक पर्यटकीय स्थलहरु मनकामना मन्दिर, सिख्रीदेवता मन्दिर, बालादेवी मन्दिर, राङ्भाङ् गुफा, क्यूथेन डाँडा, भासीपोखरी, मिनाहाम गुफा, जुकेपानी बराह मन्दिर, नारायणेश्वर शिव मन्दिर रहेका छन् । यस गाउँपालिकाको वडा नं. १ (साविकको बिरुवा अर्चले गा.वि.स.) मा पर्ने बिरुवा बजार स्याङ्जा जिल्लाकै प्रसिद्ध ठाउँ मानिन्छ । पौराणिक कथन अनुसार ज्याग्दी खोला र म्याङ्खोलाको दोभानमा फराकिलो फाँट रहेको र त्यस फाँटलाई बिराएर खेतियोग्य जमिन बनाईएको थियो । बिराएर बनाएको हुँदा त्यस ठाँउलाई बिरुवा भनिएको हो । सम्म परेको फाँट र खेतीयोग्य जमिन भएकोले पछि क्रमशः माथिल्लो बस्तीका मानिसहरु त्यही ठाउँमा आएर बस्ती बसाउन थाले । बस्नलाई उपयुक्त र सुविधा भएको हुँदा त्यस ठाँउमा बस्ती बिस्तार हुँदै गयो । हरेक वर्षको फागु पूर्णिमाको अवसरमा मेला लाग्ने परम्परा थालनी हुँदै गयो जसलाई "बिरुवा बजार" भनिने गरिन्छ । यही बिरुवा बजारको नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो । जम्मा ८ वटा वडाहरू रहेको यस गाउँपालिकाको केन्द्र बिरुवा बजारमा अवस्थित छ जहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको राङ्खोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।

  • गृह पृष्ठ
  • चिनारी